काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था र सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सूर्योदय लघुवित्त वित्तीय संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १९ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएकाले बुधवारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ शदमलव ३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी चैत ३१ गते साधारण सभा बोलाएको छ । सभा सहयात्री पार्टी प्यालेस स्याङजामा गर्ने हुने कम्पनीले बताएको छ ।
त्यस्तै, सुर्योदय सारथी नेपाल लघुवित्तले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि चैत १९ गतेदेखि वैशाख ३ गतेसम्म बुक क्लोज गर्ने बताएको छ ।
सोही कारण बुधवारसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् । कम्पनीले गत आवको ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाले प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी वैशाख ३ गते होटल अरनिको धुलिखेलमा साधारण सभा गर्ने जनाएको छ ।