IME Life New

लक्ष्मी बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनिविक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकको वित्तीय साक्षरता अभियान अन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजारभन्दा बढी विद्यार्थीहरुलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउँदै खुत्रुके वितरण गरिएको थियो ।

सथै बैंकले युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ्ग गर्ने बानीको विकास गर्ने उदेश्यले विभिन्न व्यवसायमा आवद्घ साना व्यवसायीहरुलाई डिजिटल बैंकिङको प्रयोग सम्बन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको थियो ।

Esewa
Crest

बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिबृद्धि सम्बन्धी वृत्तचित्र “समृद्घिको अभियान, लक्ष्यवित्तीय ज्ञान” नेपाल टेलिभिजनबाट २०७७ चैत्र १० गतेतथा चैत्र १५ गते प्रसारण गरिएको थियो ।

विश्व वित्तीय सप्ताहकै उपलक्ष्यमा वित्तीय जानकारी सहितको नववर्ष २०७८ सालको वार्षिक भित्तेपात्रोको पॉचौ संस्करणको विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS