काठमाडौं । लक्ष्मी इक्विटी फन्डको फागुन मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १४ रुपैयाँ ६५ पैसा कायम भएको छ फण्डको न्याभ अघिल्लो महिनाको तुलनामा ५६ पैसाले बढी हो । अघिल्लो महिनामा फण्डको न्याभ १४ रुपैयाँ ९ पैसा थियो । फागुन मसान्तमा सूचीकृत कम्पनीको सेयरमा लगानी रकम बढेर ९१ करोड ८७ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, माघमा ८५ करोड १८ लाख ६० हजार रुपैयाँ रहेको बैंक मौज्दात घटेर फागुनमा ७९ करोड १३ लाख ८३ हजार रुपैयाँमा सिमित भएको छ । यस अवधिमा फन्डले ७४ वटा सूचीकृत कम्पनीको २५ लाख ९८ हजार ४ सय ५६ कित्ता शेयर होल्ड गरेको छ ।