काठमाडौं । साना किसान विकास लघुवित्तको १२ हजार ४ सय १५ कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।इच्छुक आवेदकले आज कार्यालय अवधिसम्ममा यसमा आवेदन दिन सकिनेछ । कम्पनीले फागुन २८ गतेदेखि सर्वसाधारण समूहको ९ हजार ४७ कित्ता र संस्थापक समूहको ३ हजार ३ सय ६८ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।आवेदकले कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।