Connect IPS
IME Life

मीना बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा संचालन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकको वीरगञ्ज शाखाले वीरगञ्जस्थित मीनाबजारमा रहेको वीरगञ्ज तरकारी तथा फलफूल बजारका २२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगी र राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक डा.राजनकृष्ण पन्तले तरकारी पसलमा किनमेल गर्दै क्यूआर कोडमार्फत भुक्तानी गरेका हुन् ।

Prabhu
Crest

कार्यक्रममा महानगरप्रमुख सरावगीले कोरोना महामारीको त्रास अझै केही वर्ष रहने हुँदा गद कारोबारबाट हुन सक्ने संक्रमणको जोखिम न्यूनीकरण गर्न क्यूआर कोडमार्फत हुने भुक्तानी सेवाले सहयोग पुर्‍याउने बताए ।

राष्ट्र बैंकका निर्देशक डा. राजनकृष्ण पन्तले बढ्दो स्मार्ट फोनको प्रयोग, वित्तीय साक्षरता, विस्तारित वित्तीय पहुँचका कारणले नेपालमा क्यूआर कोड भुक्तानी प्रणालीको सम्भावना अधिक रहेको धारणा राखे ।

कार्यक्रममा माछापुच्छ्रे बैंक प्रदेश २ का प्रमुख व्यावसायिक अधिकृत भरतकुमार लम्सालले व्यवसायीलाई खाता खोल्नेदेखि लिएर अन्य कागजी प्रक्रियामा सहजता प्रदान गरिने जानकारी दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS