IME Life New

सूर्योदय लघुवित्तको साधारणसभा चैत ३१ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय लघुवित्तको ८ औं वार्षिक साधारण सभा चैत ३१ गते हुने भएको छ। लघुवित्तले सहयात्री पार्टी प्यालेस, पुतलीबजार, स्याङ्जामा बिहान ८ बजेका लागि सभाका लागि बोलाएको हो ।

लघुवित्तको चैत ९ गते सम्पन्न संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभाले आ.व २०७६÷७७ को नाफाबाट शेयरधनीहरुलाई १५ दशमलव ३५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साथै सभाको अन्य प्रस्तावमा कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको पूँजी संरचना परिवर्तन गरी सर्वसाधारणतर्फको शेयर हिस्सा बढाई ३० प्रतिशत पुराउनको लागि फरक रकमलाई पुनः सर्वसाधारण शेयर (एफपीओ) जारी गर्ने रहेको छ ।

सभामा संचालकको निर्वाचन गर्ने, यस कम्पनी र अन्य इजाजत प्रप्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने पनि रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १९ गतेदेखि ३१ गतेसम्म कम्पनीको शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। जसका कारण चैत १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS