IME Life New

पत्रिकाको विज्ञापन हेरेर बीमा अभिकर्ता पेशामा लागे : पुष्कर पाण्डे

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

पुष्कर पाण्डे सिनियर एजेन्सी म्यानेजर

वि.स. २०५९/६० साल तिर पत्रिकाको विज्ञापन हेरेर बीमा अभिकर्ताको तालिम लिएका पुष्कर पाण्डे अहिले सिनियर एजेन्सी म्यानेजरसम्म पुगी सकेका छन् । हाल सोह्खुट्टे, नयाँ बजारमा बस्ने पाण्डेको पुर्खेली घर भने गोर्खा खोप्लाङ हो । बिएड, एमए र एलएलबिको शैक्षिक उपाधि प्राप्त गरेका पुष्कर भन्छन्, बीमा अभिकर्ताको पेशा भनेको सामाजिक कार्य हो ।कम्पनीको पोलिसी, मार्केटिङ प्लान, भिन्न भिन्न मानिसहरुसँगको भेटघाट हुने जस्ता कुराहरुले नै मेरो आकर्षणको पेशा बन्न पुग्यो यो पेशा उनले बताए । पाण्डेले अभिकर्ताको लाइसेन्स लिईसके पछि शुरुमा विजय आचार्यको बीमा गराएका थिए ।

अभिकर्ताको पेशा अपनाए पछि आत्म सन्तुष्टि प्राप्त गरेको उनी बताउँछन् । उनी भन्छन् डक्टरी पेशा अपनाउनेले पनि लाईसेन्स प्राप्त गरेको हुन्छ, एउटा शिक्षकले पनि शिक्षक पेशा गर्नका लागि लाइसेन्स प्राप्त गरेको हुनु पर्छ र त्यस्तै बीमा अभिकर्ताले पनि नेपाल सरकारबाट लाइसेन्स प्राप्त गरेको हुन्छ र कर पनि तिरेको हुन्छ । त्यसैले यो पेशा लाई दलालका रुपमा लिन चाहिँ मिल्दैन् ।

Crest

बैंकमा बचतकर्ताहरुको बचतबाट बैंकको शेयर होल्डर लगाएत बैंकको सिइओ, कर्मचारीकहरुको तलव, वोनस जस्ता सबै कुराहरुको व्यवश्था गरिएको हुन्छ । त्यस्तै इन्स्योरेन्स कम्पनीमा पनि ग्राहकको बचतबाट सबै कुराहरु व्यवस्था गरिएको हुन्छ । उनले बताए ।

अझै पनि बीमा गर्नु पर्छ भन्ने चेतना नै सबैमा छैन् । भविष्यमा पर्न सक्ने आर्थिक जोखिम बहन गर्नका लागि बीमा गर्ने हो । आज पनि मानिसहरुमा मेरो लागि बीमा आवश्यकताको कुरा हो भन्ने नै लाग्दैन् । उनी भन्छन् बीमा मेरो भविष्यको लागि हो भनेर बीमा पोलिसी खरिद गर्ने कमै मात्रमा पाईन्छ । अबको १० वर्षको अवधिमा चाहिँ पैसाको महत्व कम हुँदै जान्छ, यस्तो समयमा चाँहि मेरो लागि बीमा एकदमै महत्वपूर्ण कुरा हो भन्ने भावना पलाउँछ र बीमा गर्न थाल्दछन् ।
ग्राहक समक्ष पोलिसी लिएर जादाँ दोस्रो व्यक्तिले चाहिँ भड्काउने गर्छन् । हामी अभिकर्ताहरुले एउटा ग्राहकको समक्ष गएर बीमाबारे सकारात्मक कुराहरु भन्छौ तर अर्को व्यक्तिले भने बीमाका बारेमा नकारात्मक कुराहरु सुनाई दिन्छन् । उनले आफुले भोगेको कुरा व्यक्त गरे ।

उनी भन्छन् मानिसहरुमा सबै कुुरारुको आवश्यक हुन्छ र महसुस पनि गर्छन् । तर बीमा पनि चाँहिन्छ भनेर यसको महसुस गर्ने मानिस कमै छन् । बीमा आजको आजै चाहिएर गर्ने कुरा होईन । ‘भुकम्प गए पश्चात चाहिँ अलि सजिलो भएर आएको छ मार्केट उनले बताए । ’

उनी भन्छन् एउटा बीमा अभिकर्तामा ग्राहकलाई इन्स्योरेन्सको काम मात्र होईन उनीहरुलाई परेको समस्याहरुलाई समाधान गर्न सक्ने गुणहरु हुनुपर्छ । कम्पनीको जानकारी दिईरहने, ग्राहकहरुबाट ल्याएको पैसा तुरुन्त कम्पनीमा दिनु, नरम वोल्ने स्वभाव, झुटो नबोल्ने जस्ता गुणहरु एउटा बीमा अभिकर्तामा हुनु जरुरी हुन्छ ।पुष्कर पाण्डे बीमा अभिकर्ताको अलवा व्यापारमा पनि संलग्न रहेका छन् । साथै स्टक मार्केटमा पनि संलग्न रहेका छन् ।
बीमा अभिकर्ता पेशामा लाग्नु अघि काठमाडौँमा शिक्षक पेशामा आवद्ध रहेका पुष्कर पाण्डे गाउँमा नै गएर शिक्षक पेशा गर्न चाहन्थे । तर त्यसताका गाउँमा द्धन्द चलिरहेकाले यो संम्भव भएन । त्यस पछि उनले बीमा अभिकर्ताकै पेशालाई अँगाले । उनले बीमा अभिकर्ता भै काम गर्न लागेको लामो समय भई सक्यो । उनी भन्छन् मैले अभिकर्ता पेशा अपनाउँदा बीमा गर्नु पर्छ भन्ने धारण नै थिएन । तर आज भने धेरै सुधार आएको छ । त्यो बेला र अहिले लाई दाँज्ने हो भने । बीमा गर्नु पर्छ भन्ने धारणा सबैमा ल्याउन बीमा कम्पनीहरुले नयाँ नयाँ पोलिसिहरुको अनुसन्धान गर्नु आवश्यक छ ।

विमितलाई कस्ता खालका पोलिसिहरु सुँहाउदा हुन्छन् जस्ता कुराहरुमा पनि बीमा समिति तथा बीमा कम्पनीले ध्यान दिनु पर्ने आजको आवश्यकता रहेको देखिन्छ उनले भने ।बीमा भनेको अनिवार्य बचत हो, अरु बचतलाई आवश्यक पर्न साथ चलाईन्छ तर बीमाको बचत लाई चलाईँदैन् र अन्तिममा एकमुष्ट रकम प्राप्त हुन्छ । बीमा सुरक्षा पनि हो, कुनै एक व्यक्ति आज बिहान देखि बेलुकीसम्म खटेर आफ्नो परिवारको लागि काम गरिरहेको हुन्छ ।

यदि केही गरि उसको परिवारमा उ रहेन भने आर्थिक रुपमा परेको भारलाई चाँहि बीमाले मद्दत गर्दछ । अहिलेको समयमा बीमा अपरिहार्य छ । आज समाजमा कोही कसैले पनि सहयोग गर्छ भन्ने छैन्, त्यसैले कुनै एक बीमा पोलिसी खरिद गरी राख्यो भने भविष्यमा पर्न सक्ने आर्थिक भारलाई केही हदसम्म यसले मद्दत गर्नेछ उनले बताए ।

बीमा अभिकर्ता बीमा कम्पनी र विमितको बीचमा पुलको माध्यम भएर काम गर्ने व्यक्ति हो । एउटा अभिकर्तामा इमान्दारिता, नम्रता, लगनशिलता, सम्बन्धित विषयवस्तुको ज्ञान साथै धैर्यता र सकारात्मक सोच जस्ता गुणहरु हुनु पर्दछ । बीमा कम्पनीमा अभिकर्ताहरुको निकै महत्वपूर्ण योगदान रहेको हुन्छ । एक बीमा अभिकर्तामा यी विभिन्न गुणहरु हुनु जरुरी पनि हुन्छ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS