काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले ९ दशमलव २० प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य १ हजार ३७१ रुपैयाँ कायम गरेको छ ।
नेप्सेले संस्थाको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयर मूल्यको आधारमा शेयर मूल्य समायोजन गरेको हो । संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।