IME Life
GBIME

एनसीसी बैंकले चैत १३ गतेदेखि ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चैत १३ गतेबाट ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

बैंकले १० वर्ष अवधिको लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले निष्काशन गर्न लागेको कुल ऋणपत्रमध्ये सर्वसाधारणका लागि ११ लाख ४० हजार कित्ता, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ६० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

Crest

ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले चैत १३ गते, शुक्रबारबाट छिटोमा चैत १८ गतेसम्म र ढिलोमा चैत्र २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS