काठमाडौं । सुन्दरहरैचा नगरपालिकाका युवाहरूले नेपाल बंगलादेश बैंकबाट ४ प्रतिशत ब्याजदरमा कर्जा पाउने भएका छन् । युवालाई कर्जा उपलब्ध गराउन बैंक र नगरपालिकाबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल र बैंकको प्रदेश १ का प्रमुख कृष्णप्रसाद तिम्सिनाले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि उक्त क्षेत्रका युवाहरूले उद्यम गर्न चाहे ४ प्रतिशत ब्याजदरमा बैंकले २ लाखदेखि १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउनेछ । कर्जाका लागि आवश्यक पर्ने फाराम दर्ता, चार किल्ला प्रमाणित, घरबाटोलगायत अन्य सिफारिस नगरपालिकाले निःशुल्क उपलब्ध गराउने बैंकले जनाएको छ ।