काठमाडौं । महिला लघुवित्त वित्तीयको साधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको शेयर सहित १० लाख कित्ता शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ६ लाख कित्ता शेयर गरी १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।कम्पनीको शेयर मंगलबारदेखि कारोबारमा आउने गरी नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तको शेयरलाई नेप्सेले ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको छ । त्यस अनुसार मंगलबार देखि कारोबार खुल्नेछ । नेप्सेले लघुवित्तलाई एमएलबीएसएस कारोबार संकेत दिएको छ ।