Connect IPS
IME Life

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

महालक्ष्मी विकास बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि चैत्र ३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज सम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

बैंकको वार्षिक साधारण सभा चैत्र १३ गते, शुक्रबार बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग काठमाडौंमा बिहान १० बजेबाट सुरू हुनेछ । सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८.८० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४६ प्रतिशतले हुन आउने नगद (कर प्रयोजनार्थ) गारी कुल ९.२६ प्रतिशत लाभांश पारित गर्ने लगायतका विभिन्न एजेण्डा रहेका छन् ।

त्यस्तै, नेपाल हाइड्रो डेभलोपर लिमिटेडले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि चैत्र ३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल हाइड्रो डेभलोपर लिमिटेडको १२ औं, १३ औं र १४ औं वार्षिक वार्षिक साधारण सभा चैत्र १७ गते मङ्गलबार, कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडौंमा दिउँसो ३ बजे जुम मार्फत गर्ने जनाएको छ।

सभामा कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण लगायतका विविभन्न प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS