IME Life New

महुली लघुवित्तको साधारण सभा चैत २५ गते, प्रिमियममा एफपिओ निष्काशन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्तको वार्षिक साधारण सभा चैत २५ गते हुने भएको छ । संस्थाले सभामा प्रिमियममा एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले साधारणसभा मिति तय गरेको हो । उक्त सभा सप्तरी स्थित आफ्नै केन्द्रीय कार्यालयमा गर्ने जनाएको छ ।

संस्थाले सभामा वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतल हुन आउने ३ करोड ७३ लाख २४ हजार बराबरको बोनश शेयर र १ दशमलव ०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५ सय १० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

Esewa
Crest

संस्थाले साधारणसभा प्रयोजनको लागि चैत्र १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत्र ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् र सभामा भाग लिन पाउनेछन् ।

सभामा अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६ /७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने लेखापरीक्षक प्रतिवेदन पेश गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, र संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावली आवश्यक संशोधन गर्ने, नियामक निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने, गाभ्ने वा गाभिने सम्बन्धी अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्तावहरु सभामा पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS