काठमाडौं । दुई लघुवित्तको शेयर मुल्य समायोजन भएको छ । नेप्सेले सबैको लघुवित्त वित्तीय संस्था र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको हो ।
दुई लघुवित्तले नै लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले सबैको लघुवित्तको १० दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य १ हजार २२९रुपैयाँ मुल्य कायम गरेको छ ।
त्यस्तै, नेप्सेले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य १ हजार ६६५ रुपैयाँ मुल्य कायम गरेको छ ।