IME Life New

ग्लोबल आइएमई बैंकको थप ८ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ईलामको नेपालटार, सिराहाकोबन्दीपुर, रसुवाको थुमन,तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५३ पुगेको छ ।

Esewa
Crest

बैंकले ईलामको ईलामनगरपालिका वडा नं १, नेपालटार, सिराहाको कर्जन्हानगरपालिका वडा नं २, बन्दीपुर, रसुवाको गोसाँइकुण्ड गाँउपालिका वडा नं १, थुमन, तनहूँको भानुनगरपालिका वडा नं ११, टुहुरेपसल, कैलालीको जानकीगाँउपालिका वडा नं ७, मिलनचोक, लमजुङ्गको सुन्दर बजारनगरपालिका वडा नं १०, कोइरालाफाँट,बाँकेको खजुरा गाँउपालिका वडा नं ६, सिमलघारीर अर्घाखाँचीको मालारानीगाउँपालिका वडा नं ६, रतनमारेमा शाखारहित बैंकिङ्गसेवा सञ्चालनमा आएका छन् ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवा सकिने बैंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS