काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकिकृत कारोबार चैत ८ गतेदेखि शुरु हुने भएको छ । यी दुई लघुवित्तले मर्जरको लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट गत पुस ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन २३ गते स्वीकृति पाएका थिए ।
एनआईसी एशिया लघुवित्तको केन्द्रीय कार्यालय भेरी नगरपालिका वडा नं ४, जाजरकोट जिल्लामा रहेको छ । यस लघुवित्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको संस्था हो ।
त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय इटहरी उपमहानगरपालिका वडा नं ९ सुनसरीमा रहेको छ । यस संस्था पनि राष्ट्रियस्तर कार्यक्षेत्र भएको संस्था हो । यी दुई लघुवित्तको माघ ४ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव पारित गरेका हुन् ।
मर्जरपछि कम्पनीको नाम एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड रहने र केन्द्रीय कार्यालय हाल स्वदेशी लघुवित्तको केन्द्रिय कार्यालय रहेको स्थान इटहरी उपमहानगरपालिका वडा नं ९, सुनसरीमा जिल्लामा रहने जनाएको छ ।