IME Life New

सखुवाको प्रसौनीमा सेञ्चुरी कमर्सियल बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देवरवानामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन प्रदेश २ का सभासद् मन्जुर आलम र सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रूपमा उद्घाटन गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष जयसवालले पर्साको पुरानो बजार देवारवानामा शाखारहित बैंक सेवाबाट स्थानीयले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए ।

Esewa
Crest

शाखारहित बैंकिङ सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानीलगायत सेवा लिन सक्ने बैंकले जनाएको छ । कार्यक्रममा बैंकका प्रदेश २ प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखा प्रमुख सुरेश साह उपस्थित थिए ।

हाल बैंकले १ सय २० शाखा, १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ र ८८ एटिएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS