IME Life New

नेपाल पुनर्बीमा कम्पनीको शेयरमा मात्रै एक अर्ब २२ करोडको लगानी, कुन क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न कम्पनीको शेयरमा एक अर्ब २२ करोड रुपैयाँ भन्दा धेरैको लगानी गरेको छ। कम्पनीले शेयरमा बाहेक सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरको देखिएको छ। चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा नेपाल पुनर्बीमा कम्पनीले १७ अर्ब भन्दा बढी रकम विभिन्न शीर्षकमा लगानी गरेको छ ।

कम्पनीले उपलब्ध गराएको विवरण अनुसार  ७६.१० प्रतिशत बाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी रहेको छ।  कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १३ अर्ब ८ करोड रुपैयाँ बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेको देखिन्छ। कम्पनीले गएको वर्ष लगानीको दायरा फराकिलो बनाउने रणनीति लिएको थियो। तर अन्य क्षेत्रमा लगानी गर्दा जोखिको विश्लेषण गर्नु पर्ने भएकाले कम्पनीको लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै केन्द्रित छ।

Esewa
Crest

गएको वर्ष धेरै वटा बैंकहरुले ऋणपत्र निष्काशन गरेका थिए। यसै क्रममा कम्पनीले ति बैंकहरुको ऋणपत्रमा मात्रै एक अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ। यसको हिस्सा ७.७८ प्रतिशत रहेको छ।

कम्पनीले नेपाल सरकारको वचतपत्र तथा ऋणपत्र, नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, म्युचअल फण्ड र नागरिक स्टक डिलरमा संस्थापक शेयर लगानी र अन्य क्षेत्रहरुमा समेत लगानी गरेको छ ।

समग्र बीमा कम्पनीहरुले वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपलाई नै आफ्नो लगानीको प्रमुख क्षेत्र बनाएका छन् । तर, सरकारले नै प्राथमिकता प्राप्त क्षेत्र भनेर वर्गीकरण गरेको कृषि तथा पूर्वधारको क्षेत्रमा भने नगन्य लगानी  देखिन्छ।

बीमा समितिले जारी गरेको लगानी निर्देशिका अनुसार पुनर्बीमा कम्पनीले घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, वाणिज्य बैंक र विकास बैंकको मुद्दति निक्षेपमा २० प्रतिशत, वित्त कम्पनीको मुद्दतिमा १० प्रतिशत र राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तको साधारण सेयरमा कुल टेक्निकल रिजर्भको २० प्रतिशत लागनी गर्न पाँउछ ।

साथै, सो लगानी निर्देशिका अनुसार बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको २० प्रतिशत डिबेञ्चरमा, २० प्रतिशत कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा, ५ प्रतिशत नागरिक लगानी कोष र म्यूचुअल फण्डमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रमा १ अर्ब ३५ करोड रुपैयाँ, नागरिक स्टक डिलरमा ५० करोड रुपैयाँ, नेपाल इन्फ्राष्ट्रक्चर बैंकको शेयरमा ४९ करोड ४२ लाख रुपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ३० करोड रुपैयाँ, नागरिक लगानी कोषको संस्थापक शेयरमा ९ करोड ३८ लाख रुपैयाँ, सिटिजन बैंकको शेयरमा ८ करोड ४४ लाख रुपैयाँ, तारागाँउ रिजेन्सीको शेयरमा १ करोड १५ लाख रुपैयाँ, एनआईबीएलको शेयरमा १ करोड २ लाख रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, आरएमडिसी लघुवित्तमा ८४ लाख ३७ हजार रुपैयाँ, केयर रेटिङ (नेपाल)मा २५ लाख रुपैयाँ, इन्स्योरेन्स इन्टिच्यूट नेपालको हकप्रद शेयरमा ९ लाख ९५ हजार रुपैयाँ र बीमा प्रवद्धन समितिमा २ लाख रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, पुनर्बीमा कम्पनीले घरजग्गाको क्षेत्रमा, सूचीकृत कम्पनीको शेयरमा यस अवधिमा लगानी नगरेको बीमा समितिको तथ्यांकले देखाउँछ । नेपाल पुनर्बीमा कम्पनीका पुनर्बीमा विज्ञ विष्णु प्रसाद उपाध्यायले अन्य क्षेत्रमा समेत लगानीको दायारा बढाउदै लाने बताए । उनले कृषि क्षेत्र प्रवद्धनका लागि कृषि विकास बैंकसँग समेत साझेदारीको प्रकृया अघि बढाउने काम भईरहेको इन्स्योरेन्सखबरलाई जानकारी दिए ।

नेपाल पुनर्बीमा कम्पनी नेपालको पहिलो पुनर्बीमा कम्पनी हो । नेपाल पुनर्बीमा कम्पनीले विश्वका ३० भन्दा बढि देशमा आफ्नो व्यापार संजाल विस्तार गरिसकेको छ । विश्वका ३० वटा देशबाट बीमा शुल्क आर्जन गरेर अन्तर्राष्ट्रिय व्यवसाय भित्र्यााउने नेपालको एक मात्रै कम्पनी नेपाल पुनर्बीमा भएको  उपाध्यायले दाबी गरे।  कम्पनीले पछिल्लो समय विदेशी मुद्रा भित्र्याउन सहयोग गरिरहेको छ। नेपाली बीमा कम्पनीहरुले पुनर्बीमा मार्फत हरेक वर्ष अर्बौ रुपैयाँ विदेश पठाउन थाले पछि नेपाल सरकारले यो कम्पनीको स्थापना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS