काठमाडौं । नेप्सेमा ३ वटा कम्पनीको बोनश सेयर सूचिकृत भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको शेयर सुचिकृत भएको हो ।
नेप्सेमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ लाख कित्ता बोनश शेयर सूचिकृत भएको हो । माछापुच्छ्रे बैंक लिमिटेडको ५९ लाख ४६ हजार १ सय ६९ दशमलव ३१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
त्यस्तै, लक्ष्मी बैंक लिमिटेडको ८८ लाख ३१ हजार ३ सय ३ दशमलव ५६ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।