IME Life New

डिम्याट खाता खोल्नेको संख्या ७ महिनामै १३ लाखले बढ्यो, प्राथमिक शेयरले लोभ्यायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। डिम्याट खाता खोल्नेको संख्या चालु आर्थिक वर्षको ७ महिनाकै अवधिमा १३ लाख ८ हजारले बढेको छ। सिडिएससीका अनुसार हालसम्म डिम्याट खाताको संख्या ३० लाख ६१ हजार पुगेको छ। गत आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा १७ लाख ५३ हजार थियो।

प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण सँगै डिम्याट खाता खोल्नेको संख्या बढेको हो। चालु आर्थिक वर्षमा १० वटा कम्पनीले प्राथमिक शेयर निष्काशन गरिसकेका छन् भने हाल ज्योति लाइफले सर्वसाधारणका लागि शेयर जारी गरिरहेको छ।

Esewa
Crest

यस वर्ष रिलायन्स लाइफले ६३ करोड रुपैयाँ, समाज लघुवित्तले ८६ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सले ३० करोड रुपैयाँ, सानिमा जनरलले ३० करोड रुपैयाँ, चन्द्रागिरि हिल्सले १८ करोड ४० लाख रुपैयाँ, प्रभु लाइफले ६० करोड रुपैयाँ, नेपाल इन्फ्राष्ट्रक्चरले ८ अर्ब रुपैयाँ, ग्रिन लाइफले ३४ करोड ९६ लाख रुपैयाँ, महिला लघुवित्तले ४ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरिसकेका छन्। ज्योति लाइफको ६६ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन भैरहेको छ।

डिम्याट खाताको संख्या (लाखमा)

यस वर्ष सबैभन्दा धेरै आकर्षण नेपाल इन्फ्राष्ट्रक्चर बैंकको प्राथमिक शेयरमा देखियो। बैंकले नेपालको इतिहासकै सर्वाधिक प्राथमिक शेयर जारी गरेको थियो। सबैले प्राथमिक शेयर पाउने र दोस्रो बजारबाट उच्चतम लाभ लिन सकिने भन्दै डिम्याट खाता खोल्नेको संख्या ६ महिनाको अवधिमा १७ लाखबाट ३० लाख पुगेको हो।

गत आर्थिक वर्षमा नेपाल पुनर्बीमा कम्पनी, एनआइसी एशिया लघुवित्त, अजोड इन्स्योरेन्स लगायतकाल कम्पनीको प्राथमिक शेयरधनीले दोस्रो बजारबाट राम्रो प्रतिफल लिए पछि प्राथमिक बजारमा थप आकर्षण बढेको हो। विगका वर्षमा प्राथमिक शेयर खरिद गरेका लगानीकर्ताले यस वर्षको बुलिस बजारबाट अत्याधिक प्रतिफल प्राप्त गरेका छन्।

सिडिएससी एण्ड क्लियरिङ हाउसले २०६९ साउन एक गतेदेखि हितग्राही खाताको सुरुवात गरेको थियो। सुरुवाती अवस्थामा सिडिएससीले डिम्याट खातालाई स्वेच्छिक बनाएको थियो। तर सिडिएससीले २०७२ माघ एक गतेदेखि अनिवार्य गर्यो। प्राथमिक तथा दोस्रो बजारमा डिम्याट खातालाई अनिवार्य गरे सँगै यसको संख्या हरेक वर्ष बढिरहेको छ।

सिडिएससीले डिम्याट खातालाई स्वेच्छिक बनाउदासम्म डिम्याट खाता खोल्नेको संख्या ८ लाख मात्रै थिए। जव नेप्सेले डिम्याट खातालाई अनिवार्य गर्यो यस्तो संख्या हरेक वर्ष बढिरहेको छ। संख्या बढिरहदा यो संख्याका आधारमा डिम्याट खाता धनिको संख्यालाई भने एकिन गर्न सकिदैन। एउटै व्यक्तिले दुईवटा भन्दा धेरै डिम्याट खाता खोल्ने गरेको पाइन्छ। सिडिएससीले नै एउटा व्यक्तिले अधिकतम २ वटासम्म डिम्याट खाता खोल्ने छुट दिएको छ।

अर्को तर्फ प्राथमिक शेयरमा आवदेन दिनका लागि अरुको नागरिकता बटुल्ने पनि उत्तीकै छन्। यसले गर्दा पनि प्राथमिक बजारमा वास्तविक संख्याको एकिन गर्न गाह्रो छ। कतिपय डिम्याट खाताधनीको मृत्यु भैसकेको छ। तर उक्त तथ्याङ्क सिडिएससीमा अध्यावधिक नभएको पनि हुन सक्छ। सिडिएससीका अनुसार हालसम्म ४५७ जना हितग्राहीको मृत्यु भएको विवरण छ। कतिपयले यो संख्यालाई यथार्थ नभएको भन्दै विश्लेषण गरिरहेका छन्।

प्राथमिक बजारका साथै दोस्रो बजारमा पनि लगानीकर्ताको संख्या बढिरहेको छ। नेप्सेका अनुसार हालसम्म ५ लाख ५४ हजार सक्रिय लगानीकर्ता रहेका छन्। यो संख्या एक महिनाकै अवधिमा ५ लाख ३० हजारले बढेका छन्। प्राथमिक तथा दोस्रो बजारमा लगानीकर्ताको सक्रियता सँगै नेपालको शेयर बजारको विस्तार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS