काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको फागुन २१ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार चैत्र २० गते उक्त सभा हुनेछ जनाएको छ ।
संस्थाले साधारणसभा प्रयोजनको लागि चैत्र १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत्र ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
सभामा संस्थाले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।