IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज लाई स्पष्टिकरण बुझाएसँगै बैंकको शेयर कारोबार पनि फुकुवा भएको छ ।

बैंकले नेप्सेलाई सञ्चालक समितिको बैठक सकिनासाथ तुरुन्त जानकारी उपलब्ध गराउने मनासायका साथ सूचना पठाइएको भन्दै अब त्यस्ता प्रकारको कमी कमजोरी नगर्ने भनी स्पष्टिकरण पठाएको सुचनामा बताएको छ ।

Esewa
Crest

नेप्सेले यसअघि बैंकले लाभांश घोषणा गरेको सूचना कारोबार समयमा नै नेप्सेमा पठाएको भन्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने, सूचना, जानकारी तथा निर्णय सिर्जना भएको सोही दिन अथवा भोलिपल्ट कारोबार खुल्नु अघि बुझाउनु पर्नेमा बैंकले उक्त व्यवस्था पालना नगरेको भनी कारोबार रोक्का गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS