IME Life New

साना व्यवसायीलाई ऋण सहजिकरणका लागि महासंघ र नेपाल बैंकर्स संघ वीच समझदारीपत्रमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काडमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघका वीच लघु, घरेलु साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रबर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज एक कार्यक्रम बीच महासंघको सचिवालयमा हस्ताक्षर गरेका छन्।

दुवै संस्था बीच भएको समझदारी अनुसार बाणिज्य बैंकहरू र एसमएमईजहरूका बीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रबर्द्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्ने कार्यक्रम छ।

Esewa
Crest

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संबोधन गर्नुहुदै महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवर्द्धनमा दुवै संस्था बीच भएको यो समझदारी कोशेढुंगा हुने बताए। आजबाट हामी सहकार्यको नयाँ मार्गतर्फ पाइला हालेका छौं, निश्चियनै एसमएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अब संबोधन गर्नेछ अध्यक्ष गोल्छाले भने, एसमएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ।

यसै अवसरमा बैकर्स संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्था बीच भएको समझारीमाधि आफूलाई गर्व महशुस भएको बताए। उनले भने ‘हामी दुबै संस्था समृद्धिका असल साझदार हौं।   हामी बिचको सहकार्य केन्द्रदेखि प्रदेशसम्मै हुनेछ।‘  अहिले पनि मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैंकिङ पहुँच विस्तार भैसकेको अवस्थामा महासंघको यो सहकार्य पछि तल्लोतहसम्म गएर बास्तविक सहयोग खोजीरहेका एसएमईजहरुलाई सघाउन थप सहयोग पुग्ने दाहालले बताए।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यबसायले ठूलो राहतको महशुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुबै संस्था र आइएलओ समेत बसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए।

अन्तराष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुंचको अभाव नै रहेको पाइएकोले एसएमईजहरूलाई नै केन्द्रित गरि भएको यो समझदारीले अब त्यो समस्यालाई संबोधन गर्ने विश्वास व्यक्त गरे। मुलुकभित्रको कुल रोजगारीमा करिब ९५ प्रतिशत योगदान एसएमईजहरुकै भएकाले यो समझदारीले एसमएमईजहरु फस्टाउन विशेष सहयोग पुग्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS