काठमाडौं । ज्योति विकास बैंकले नुवाकोटको म्यागङ गाउँपालिका वडा–५ स्थित सामरी स्वास्थ्य चौकीलाई एक थान बेबी वार्मर वितरण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो । सामरी स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रूपमा सो बेबी वार्मर प्रदान गरिएको हो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल, बैंकको सामरी शाखाका शाखा प्रबन्धक सुजन वज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका सुनील बानियाँले संयुक्त रूपमा म्यागङ गाउँपालिका वडा–५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई सो बेबी वार्मर हस्तान्तरण गरे ।