काठमाडौं । आरम्भ चौतारी लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ८ दशमलव ८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
लघुवित्तको फागुन १२ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।