IME Life New

राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश, जीवन बीमा व्यवसायलाई दरिलो बनाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनाको ५३ वर्ष पुरा गरी ५४ वर्षमा प्रवेश गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापनादेखि हालसम्म भएको गतिविधी तथा प्रगति विवरणलाई प्रकाश पारेकोे छ । कम्पनीले यस अवधिसम्ममा आइपुग्दा जीवन बीमा व्यसायमा ठुलो फड्को मार्न सफल भएको छ ।

कम्पनी देशको आर्थिक विकासको लागि आन्तिरिक साधन र पूँजीको परिचालन गर्ने तथा विदेशी मुद्राको व्यभार रोक्ने उद्देश्यले वि.स २०२४ साल पुस १ गते प्राइभेट कम्पनीको रुपमा स्थापना भई फागुन ११ गतेबाट निर्जीवन बीमा कारोबार शुरु गरेको यस संस्था राष्ट्रिय बीमा संस्थान ऐन २०२५ जारी भए पछि संस्थानमा परिणत भयो र २०२९ साल फागुन ७ गतेबाट जीवन बीमाको समेत कारोबार शुरु गर्यो । जीवन र निर्जीवन बीमा व्यवसाय गर्दै आएको संस्था एउटै संस्थाले २ वटा व्यवसाग गर्न नपाउने नीतिगत व्यवस्था भएपछि २०७१ सालमा विभाज भयो र निर्जीवन बीमाको कारोबार राष्ट्रिय बीमा कम्पनीलाई हस्तान्तरण गरी हाल कम्पनीले जीवन बीमा व्यवासाय गर्दै आएको छ ।

Esewa
Crest

आफ्नो स्थापनाको ५४ वर्षमा प्रवेश गर्दा कम्पनीले मुलुकभर कुल १९ वटा जीवन बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्दै कम्पनीले आफ्नो पहिचानलाई मजबुद बनाउदै आएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपालमा संचालित जीवन बीमा कोष ३ खर्ब २३ अर्ब १८ करोड मध्ये राष्ट्रिय बीमा संस्थानको कोषमा ३१ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

संस्थाले ५ अर्ब ६८ करोड संकलन गरी बीमा शुल्क संकलन गरी बीमा शुल्क संकलनमा संस्थानको बजार हिस्सा ८ दशमलव ५९ प्रतिशत रहेको छ । जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौथो, बीमा शुल्क आर्जनको आधारमा तेस्रो स्थान हासिल गरेको छ ।

हाल संस्थामा स्थायी कर्मचारी दरबन्दी १ सय ६५ रहेता पनि ११७ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । माथिल्लो तहको अधिकांश पदहरु रित्त रहेका छन् । जसले गर्दा कार्यलयको काममा कठिनाई भएको कम्पनीले जनाएको छ । संस्थाबाट हाल २२ वटा शाखा कार्यलयहरु मार्फत बीमालेख जारी गर्ने व्यवस्था मिलाइएको छ भने आर्थिक वर्षको अन्त्यसम्म २४ वटा शाखा कार्यलय पुर्याउने जनाएको छ ।

संस्थानले हाल देशभर अभिकर्ताहरुलाई क्रियाशिल बनाउनको लागि विभिन्न तालिमहरुको माध्यमबाट क्षमता अभिबृद्धि गर्ने, पुराना अभिकर्ताहरुलाई पुनर्ताजगी तालिमको संचालन गरी अभिकर्ताहरुलाई क्रियाशिल बनाउन पनि खटिएको छ ।

संस्थाले आफ्नो सेवालाई गुणस्तरीय भरपर्दो र सहज बनाउनलाई ओयभ वेष्ट सफट्वेयर को संचालन मोबाइल एप, एसएमएस सेवा शुरुवात गरेको छ । कार्यलयको लेआउटमा परिमार्जन गरेको बताएको छ ।

संस्थानको यस कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर चिन्तामणि सिवाकोटि, अर्थ मन्त्रालयका आथिृक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठ, नेपाल व्यवस्थापनका संघका अध्यक्ष तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, बीमा समितिका कार्यकारी निर्देशक, विभिन्न संस्थाका कार्यकारी प्रमुख, संचालक समिति तथा पदपुर्ति समितिका सदस्य,पूर्व प्रशासक, कर्मचारी, अभिकर्ता, पुर्व कर्मचारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS