IME Life New

सानिमा लाईफको आर्थिक वर्ष २०७५/७६ को बोनसदर स्वीकृत, कुन बीमालेखको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन अनुसार ५ वटा बीमालेखको बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले यस आर्थिक वर्षको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन यहि फागुन ५ गते बीमा समितिबाट स्वीकृति पाएको छ।

यस आर्थिक वर्षको बीमाङ्की मूल्याङ्कन अनुसार कम्पनीको सावधिक जीवन बीमालेख ९ वर्ष अवधिसम्मको हकमा बोनसदर प्रति वर्ष प्रतिहजार ३५ रुपैयाँ  कायम भएको  छ। कम्पनीका अनुसार यो अवधिको बीमालेख ९५ वटा जारी भएका छन्। २५ वर्ष वा सो भन्दा माथि अवधिको बीमालेख खरिद गरेका बीमितले भने प्रतिहजार ६५ रुपैयाँ प्राप्त गर्ने छन्। यो बीमालेख सबैभन्दा धेरै २० देखि २४ वर्ष उमेर समुहकाले खरिद गरेका छन्। कम्पनीका अनुसार यो अवधिको बीमालेख १५७२ जनाले खरिद गरेका छन्। बीमितले प्रतिहजार ४५ रुपैयाँ प्राप्त गर्ने भएका छन्।

Esewa
Crest

सावधिक तथा आजीवन बीमालेखको बोनस दर भने न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म रहेको छ। त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको बोनस पनि न्यनतम प्रतिहजार ३५ देखि अधिकतम ४५ रुपैयाँ रहेको छ। ट्रिपल इन्डाउमेन्ट लाइफ इन्स्योरेन्स बीमालेख खरिदकर्ताले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म प्राप्त गर्ने छन्। ज्वाइन्ट लाइफ इन्डाउमेन्ट पोलिसी खरिदकर्ताले प्रतिहजार २० रुपैयाँदेखि ३० रुपैयाँ प्राप्त गर्ने भएका छन्। यसमा उमेर समुहका आधारमा बोनसदर तल माथि पर्न जान्छ।

उल्लेखित बीमा अवधि तथा बीमा योजना अनुसार कायम गरिएको बोनसदर मृत्युदाबी, पुर्ण वा आशिक भुक्तानी बीमा, समर्पण मृत्यु दाबी, चुक्ता मूल्य भुक्तानी लगायतका  बीमालेखहरुमा समेत लागु हुनेछ। साथै यस कम्पनीले अर्को बीमाङ्की मूल्याङ्कन प्रतिवेदन विधिवत रुपमा नियमनकारी निकायबाट स्वीकृत नभएसम्म बीमालेख अन्तर्गत बीमकले भुक्तानी गर्ने सम्पुर्ण दाबीहरुमा समेत उपरोक्त बमोजिम बोनस दर लागु हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS