IME Life New

सूर्या लाइफको “सूर्या चौरासी पूजा” जीवन बीमा योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पूजा’ जीवन बीमा योजना बजारमा ल्याएको छ। ‘दीर्घ जीवन समृद्धि भविष्य’ भन्ने सन्देशका साथ  कम्पनीले ‘सर्या चौरासी पूजा’ नामक नयाँ जीवन बीमा योजना बजारमा ल्याएको छ।

शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, कम्पनीका ब्राण्ड एम्बेसडर गायिका इन्दिरा जोशी, कम्पनीका संस्थापक शेयरधनी विवेक झा र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराइले संयुक्त रुपमा यस पोलिसीको अनावरण गरेका हुन्।

Esewa
Crest

कम्पनीले अनावरण कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःसहाय सेवा सदन शान्तिनगरलाई सहयोग प्रदान गरेको थियो।

न्युनतम बीमा शुल्कमा बीमितको अधिकतम जोखिम रक्षावरण गर्न तथा इच्छाइएको अवधि पछि पनि बीमितको जीवन निर्वाहको लागि नियमित प्रतिफल उपलब्ध गराउन यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

‘सूर्या चौरासी पूजा’ जीवन बीमा योजनाका विषेशता

यो बीमा पोलिसी खरिद गर्ने बीमित जीवित रहेसम्म यो योजना लागु हुनेछ। यो योजनामा बीमा शुल्क भुक्तानी अवधि पछि एकमुष्ठ आर्जित बोनस प्राप्त हुने कम्पनीले जनाएको छ। त्यस्तै आर्जीत बोनस लिएपछि आउने प्रत्येक बीमा वार्षिकोत्सवमा ८२ वर्षसम्म बीमाङ्कको ६ प्रतिशत रकम नियमित प्राप्त हुनेछ। र बीमितले ८३ वर्ष पुगेपछि एकमुष्ठ बीमाङ्कको १५० प्रतिशत प्राप्त गर्नेछ।

बीमाशुल्क भुक्तानी अवधीभर बीमाङ्कको २५० प्रतिशत प्लस आर्जित बोनस प्राप्त हुनेछ। साथै ७० वर्ष पछि बीमा समाप्ती मितिसम्म बीमाङ्कको १५० प्रतिशत प्राप्त हुने भएकाले बीमितले अधिकतम लाभ लिन सक्ने कम्पनीले जनाएको छ।

यसै पोलिसीमा एच्छिक सुविधा अन्तर्गत मूल्य बीमाङ्क रकम बराबर वा अधिकतम ५० लाख रुपैयाँसम्मको दुर्घटना पछि मृत्यु सुविधा, पिटिडी, पिडब्लु बिको सुविधा बीमितको उमेर ७० वर्ष हुँदासम्म प्राप्त हुनेछ।

बीमितले बीमाशुल्क भुक्तानी अवधि पछि बीमाङ्कको ९० प्रतिशतसम्म ऋण सुविधा लिन सक्ने छन्। बीमाशुल्क भुक्तानी अवधि पछि समर्पण गर्न चाहेमा पुरा बीमाङ्क नै प्राप्त हुनेछ। एकल भुक्तानी अन्तर्गत पनि यो बीमा योजना लिन सक्ने सुविधा रहेको छ।

न्युनतम १६ वर्षदेखि अधिकतम ६० वर्ष उमेर समुहकाले यो पोलिसी खरिद गर्न सक्ने छन्। बीमितले न्युनतम एक लाख रुपैयाँदेखि अधिकतम आफ्नो आय श्रोतले भ्याएसम्म खरिद गर्न सक्ने छन् साथै बीमा शुल्क न्युनतम १० देखि अधिकतम ६५ वर्षसम्ममा भुक्तानी गर्न सक्ने सुविधा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS