काठमाडौं । नेप्से १५ दशमलव ५० अंकले बढेर २६०१ दशमलव ५१ को विन्दु कायम भएको छ । बैंकिङ्, विकास बैंक, अन्य र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नबिल बैंकको ५२ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको ४२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, नेपाल बैंक, नेको इन्स्योरेन्स, एनआईसी एशिया, शिखर इन्स्योरेन्स, हिमालयन डिस्टीलरी, सिदार्थ बैंक, एनएमबि बैंक र नेपाल पुनर्बीमा कम्पनीको आज सर्वाधिक कारोबार भएको छ।