IME Life New

नेपाल इन्फ्राष्ट्रक्चर बैंकको शेयरमा तेस्रो दिन पनि सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल इन्फ्राष्ट्रक्चर बैंकको शेयरमा तेस्रो  दिन पनि सकारात्मक सर्किट लागेको छ। बैंकको शेयरमा अत्याधिक लगानीकर्ताको आकर्षण देखिएको छ। वित्तीय अवस्था खासै राम्रो नभए पनि बैंकको शेयर मूल्यमा भने आकर्षण देखिएको हो।

आइतबारबाट कारोबार खुला भएको बैंकको शेयरमा खरिद चाप उच्च छ। समाचार बनाउदा सम्ममा ५  हजार भन्दा धेरै कित्ताको कारोबार भैसकेको छ। दोस्रो बजारमा सूचिकृत कम्पनी मध्ये सबैभन्दा धेरै शेयरधी भएको यस बैंकको बजार पुँजीकरण र नेप्से सूचकमा उल्लेख्य साथ रहेको छ।

Esewa
Crest

प्राथमिक शेयर खरिद गर्दा अधिकतम ६० कित्तासम्म प्राप्त गरेका लगानीकर्ताले तीन कारोबार दिनमै २१  हजार २२० रुपैयाँ खुद मुनाफा आर्जन गरिसकेका छन्। बैंकको प्राथमिक शेयर न्युनतम १० कित्तादेखि ६० कित्ता सम्म बाँडफाँड भएको छ। न्युनतम १० कित्ता शेयर प्राप्त गरेकाले पनि दुई कारोबार दिनमै तीन हजार ५२० रुपैयाँ आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS