IME Life New

कोभिड प्रभावित ऋणीले पाकेको व्याजको ५ प्रतिशत तिरे पुग्ने, २०७८ असारसम्म पुनर्संरचनाको सुविधा थपियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षाका क्रममा कोभिड १९ बाट प्रभावित कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण २०७८ असार समान्तसम्म गर्न पाउने सुविधा प्रदान गरिएको छ। उनिहरुले पाकेको व्याजको ५ प्रतिशत तिरे पुग्ने व्यवस्था गरिएको हो। राष्ट्र बैंकले पर्यटन तथा होटल व्यवसायीको आग्रहमा समय थप गरिदिएको हो।

राष्ट्र बैंकले साउन २ गतेको मौद्रिक नीति ल्याउदा कर्जा तिर्न गाह्रो हुन्छ भनेर पुनर्संचना व्यवस्था गरेको थियो। यो सुविधा पुस मसान्तसम्मका लागि दिएको थियो। तर व्यवसायीको माग पछि यस्तो व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए।

Esewa
Crest

दश मेगावाट भन्दा साना जलविद्युत आयोजनाको विशेष पुनरकर्जामा पहुँच पुर्याउन आवस्यक व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ। विभिन्न प्रयोजनका लागि ऋण धितो मूल्य अनुपात तोकी प्रवाह भएका कर्जामा कोभिडले सिर्जना गरेको असहज परिस्थितिको समयमा लागु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको नियामकीय सहजीकरणलाई यथावत राखिएको छ। आर्थिक क्रियाकलाप सामान्य हुँदै गए सँगै ऋण धितो मूल्य अनुपात सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने व्यवस्था गरिने भएको छ।

बैंक तथा वित्तीय संस्थाले तोकिएका क्षेत्र र वर्गमा प्रवाह गर्नु पर्ने कर्जा लक्षित क्षेत्र र वर्गले प्राप्त गरे नगरेको सम्बन्धमा विशेष अनुगमन गरी उक्त ऋण दुरुपयोग गरिएको पाइएमा सम्बन्धितलाई गरिने कारबाहीलाई थप प्रभावकारी बनाइने भएको छ। विद्युतीय भुक्तानी कारोबार प्रोत्साहित गर्न कारोबारको सीमामा समयानुकुल पुनरावलोकन गरिने भएको छ। क्युआर कोड लगायतका विद्युतिय कारोबारको प्रवर्द्धनका लागि आवस्यक थप नीतिगत व्यवस्था गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS