काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र दोस्रो बजार (नेप्से) मा शेयर सूचीकृत गरेको छ ।कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको गरी कुल २० लाख कित्ता शेयर बिहीवार सूचीकृत गराएको हो । अब यो शेयर आइतवारदेखि कारोबार गर्न सकिनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ११३ दशमलव ६२ देखि रू. ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकेको छ ।
कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीनगुणा सम्मको मूल्य पहिलो कारोबारका लागि नेप्सेले तोकेको हो ।