काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कोरोना महामारीको समयमा पनि अजोड इन्स्योरेन्स कम्पनीले अधिकांश सूचकमा प्रगति गरेको छ ।
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७५ प्रतिशतले बढी हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा ६ करोड ६३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमा कोषमा ८ करोड २७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ४ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
त्यसैगरी, समिक्षा अवधिमा कम्पनीले २० करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन आर्जन गरेको छ । गत वर्ष सोहि अवधिसम्म कम्पनीले १६ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २४ प्रतिशतले बढी हो ।
त्यस्तै, यस अवधिसम्ममा कम्पनीले ९ करोड ७४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आथिृक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी १ सय ४६ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ रुपैयाँ १३ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय १५ रुपैयाँ ६४ पैसा रहेको छ ।