काठमाडौँ । प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । बैंकले माघ २५ गते आइतबार सेबोनमा निवेदन पेश गरेको हो ।
बैंकले १० वर्ष अवधिको लागि ४ अर्ब बराबरको ‘१० वर्ष, ८ दशमलव ५ प्रतिशत प्रभु बैंक डिबेन्चर , २०८७’ नाम गरेको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न निवेदन पेश गरेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।
बैंकको उक्त ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।