IME Life New

विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति आवस्यक नपर्ने, बैंक खाता खोल्न भने कठिनाइ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। विदेशी लगानीकर्ताले विदेशी लगानी ल्याउनु अगाडि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ। राष्ट्र बैंकले तयार पारेको विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ को दफा ४ मा ‘विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सो बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु पर्ने छैन’ भन्ने व्यवस्था गरिएको छ। तर विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पुर्व नेपाल राष्ट्र बैंकलाई जानकारी भने गराउनु पर्ने छ।

विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृत पाए पछि नेपाल भित्रिएको विदेशी लगानी बापतको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्दा भने राष्ट्र बैंकले तोके अनुसारको कागजपत्र पेश गर्नु पर्ने छ। तोकिएको कागजपत्र बुझाए पछि मात्रै सम्बन्धित कम्पनी तथा उद्योगको खातामा पैसा जम्मा हुने राष्ट्र बैंकले जारी गर्ने विनियमावलीमा उल्लेख छ।

Esewa
Crest

विदेशी लगानी प्राप्त गर्ने कम्पनी वा उद्योगले रकम जम्मा गरिदिन निवेदन दिनु पर्छ। निवेदन सँगै सञ्चालक समितिको निर्णय, विदेशी लगानी संझौतापत्र लगायतका काजगपत्र बुझाउनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS