IME Life New

बैंकमा बीमा कम्पनीको निक्षेप तीन खर्ब १६ अर्ब रुपैयाँ, एकै वर्षमा २५ प्रतिशतले बढ्यो  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा बीमा कम्पनीहरुको निक्षेप २५ दशमलब ९ प्रतिशतले बढेको छ। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले पछिल्लो समय आक्रामक रुपमा व्यवसाय विस्तार गर्दा बैंकहरुमा उनिहरुको निक्षेप बढेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा बीमा कम्पनीहरुको निक्षेप तीन खर्ब १६ अर्ब रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको यहि अवधिमा २५ खर्ब १७ अर्ब रुपैयाँ थियो। गत असार महिनाको तुलनामा भने १२ दशमलब ६ प्रतिशतले निक्षेप बढेको छ। गत असार महिनामा बीमा कम्पनीहरुको मात्रै २८ खर्ब १७ अर्ब रुपैयाँको निक्षेप थियो।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थामा अन्य क्षेत्रको निक्षेप घट्दा बीमा कम्पनीहरुको भने आक्रमक रुपमा बढिरहेको छ। हाल बैंक तथा वित्तीय संस्थाहरुमा ४२ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप रहेको छ। बैंकहरुको निक्षेपमा बीमा कम्पनीहरुको मात्रै ७ दशमलब ४ प्रतिशत योगदान रहेको छ। दुई वर्ष अगाडि बीमा कम्पनीहरुको यस्तो योगदान ६ दशमलब ८ प्रतिशत मात्रै थियो। बैंकहरुको बलियो र भरपर्दो निक्षेपको रुपमा बीमा कम्पनी रहेका हुन्छन्।

बीमा समितिले चार वर्ष अगाडि सञ्चालन अनुमति दिएका नयाँ १० जीवन बीमा कम्पनी र तीन वटा निर्जीवन बीमा कम्पनीले पुर्ण रुपमा व्यवसाय विस्तार गर्न थाले सँगै यस्तो हिस्सा लगातार बढिरहेको छ। अर्को तर्फ पुराना बीमा कम्पनीहरु पनि नयाँले व्यवसाय सुरु गरेसँगै थप आक्रमक रुपमा व्यवसाय गरिरहेका छन्।

बीमा कम्पनीहरुका लागि जारी गरिएको लगानी निर्देशिका अनुसार बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा टेक्निकल रिजर्भको ४० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ। त्यस्तै यस्तो निक्षेप विकास बैंकमा २० प्रतिशत र फाइनान्समा १० प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था छ। कम्पनीले यसबाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न सक्ने व्यवस्था छ। तर कम्पनीहरुले शेयर बजारबाहेक अन्य क्षेत्रमा खासै लगानी बढाउन सकेका छन्। अन्य क्षेत्रमा लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेपको बलियो स्रोतका रुपमा बीमा कम्पनी रहेका छन्।

जीवन बीमा कम्पनीहरुले चार वर्ष अगाडिको ७ प्रतिशतको बीमाको पहुँचलाई बढाएर २७ प्रतिशत पुर्याएका छन्। यस क्रममा बीमा कम्पनी लगानी गर्न सक्ने बलियो स्रोत बनिसकेका छन्। उनिहरुले लगानीका सुरक्षित क्षेत्र नपाउदा बैंक तथा वित्तीय संस्थामै निक्षेपको रुपमा जम्मा गरेर व्याज आम्दानी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS