IME Life
GBIME

मिर्मिरे लघुवित्तद्धारा अर्ध वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले भक्तपुर बाँसघारीस्थित होटल अर्किडमा संचालक समिति र केही संस्थागत लगानीकर्ताको उपस्थितिमा आफ्ना ब्लक स्टेशन प्रमुख, क्षेत्रीय प्रमुख विभागिय प्रमुख र उच्च व्यवथापन सहितको सहभागितामा माघ २३ र २४ गते अर्ध वार्षिक प्रगति समिक्षा र आगामी अर्धवार्षिक लक्ष्य तय गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थाले विगत छ महिनामा गरेका कार्यक्रमहरुको समिक्षा सहित आगामी छ महिनाको रणनैतिक लक्ष्य निर्धारण गरेको छ । संस्थाले यस आर्थिक वर्षको अन्त सम्ममा हाल ५५ जिल्लामा संचालनमा रहेकोमा थप ६ वटा जिल्लामा कार्यक्रम बिस्तार गरि ६१ जिल्लामा सेवा पुर्याउने र १ लाख १७ हजार सदस्यहरुलाई वित्तिय सेवा पुर्याउने लक्ष्य लिएको छ ।

Crest

कार्यक्रममा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तर बृद्धि, कर्मचारी कार्यक्षमता, उत्पादकत्व बृद्धि, प्रभावकारी कार्यसञ्चालन, परिणाममुखी शाखा अनुगमन जस्ता विषयमा समिक्षा तथा छलफल गरिएको थियो ।उक्त कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ब्लक स्टेशनहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष टेक बहादुर बोहराले संस्थाको विगतको इतिहासबाट पाठ सिक्दै अधिराज्य भरिका लघुवित्त वित्तीय संस्थाहरु बिच नमुनाको संस्था बनाउन आफूहरु पनि जोड तोडले लागि परेको र सोहि अनुसारले कर्मचारीहरुलाई पनि अगाडी बढ्नको लागि निर्देशन दिएका थिए ।

संस्थाले स्वेडा र नागवेलीदुई वटा लघुवित्तलाई प्राप्ति गरे संगै संस्थाले ठूलो आकार लिंदै गएको र आगामी दिनमा समेत अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने गाभिने प्रकृयामा निरन्तरता दिने बताए ।

नायब प्रमुख कार्यकारी राजेन्द्र प्रसाद न्यौपानेले संचालन गरेको कार्यक्रममा सहायक प्रमुख कार्यकारी अधिकृत विर्ख बहादुर बोहराले संस्थाको आगामी दिशानिर्देश सहितको संकल्प प्रस्ताव पेश गरेका थिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS