Connect IPS
IME Life

विजय लघुवित्तको नाफा २८ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ७ करोड २९ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको तुलनामा संस्थाको नाफा २८ दशमलव ७४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ५ करोड ६६ लाख ३४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको चुक्ता पुँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ, जगेडा कोषमा १२ करोड ८५ लाख २३ हजार रूपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १५ करोड ५४ लाख ३५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १२ करोड ६३ लाख ६१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ५५ लाख ५८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको छ । उक्त मुनाफा रकम गत वर्षको यसै अवधिमा ६.६६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ८ करोड २ लाख ११ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ २१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS