IME Life New

नेपाल फाइनान्सको हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले १६ लाख ५७ हजार ५०६ कित्ता हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरुको लागि १ः१.२५ अुनपातमा जारी गरेको उक्त हकप्रद नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ ।

कात्तिक ६ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकप्रद शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको छ । उक्त मितिपश्चात् आफ्नो भौतिक शेयर पूर्ण रुपमा अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा सोझै उनीहरुको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिने व्यवस्था गरिएकोले शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले तोकेको ढाँचामा निवेदन दिन आग्रह गरेको छ ।

Esewa
Crest

कात्तिक ६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुकोबाट स्वीकृतिपत्र लिई कम्पनीमा पेश गरे पश्चात मात्र खातामा हकप्रद शेयर जम्मा गरिनेछ ।

उक्त मितिपश्चात रोक्का राखिएको शेयरको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफु कहाँ ति शेयरधनीहरुको शेयर रोक्कामा रहे नरहेको यकिन गरी रोक्कामा राखिदिन पनि आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS