काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालू आथिृक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १०३ प्रतिशतले बढी हो ।
कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८८ लाख ६६ हजार नाफा कमाएको चालू आर्थिक वर्षको सोही अवधिमा वृद्धि भएर १ करोड ८० लाख पुगेको छ ।
चुक्तापूँजी १० करोड रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा ५ करोड ८७ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले सोही अवधिमा ५९ लाख ७ हजार खराब कर्जा उठाउन सफल भएको छ ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४३ करोड ६६ लाख रुपैयाँ सापटि लिएर, ३३ करोड ६ लाख निक्षेप संकलन गरेर गरी ८९ करोड ५५ लाख कर्जा लगानी गरेको हो ।
प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ०४ पैसा, मूल्य आम्दानी अनुपात १२ दशमलव ०४, तरलता अनुपात ५ दशमलव ७० प्रतिशत र प्रतिशेयर
नेटवर्थ १ सय ५८ रुपैयाँ ७३ पैसा रहेको छ ।