IME Life New

मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गते, आइतबारबाट निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । यसअघि कम्पनीको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन पाइने थियो । तर अब फागुन २ गतेसम्म आवेदन दिने पाइनेछ ।

फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काश
न तथा बिक्री खुला गरेको छ । जसमध्ये फाइनान्सले सर्वसाधारणका लागि २ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३ लाख कित्ता बिक्री खुला गरेको हो ।

Esewa
Crest

फाइनान्सले ८ वर्ष अवधिको लागि ‘९.५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५’ नाम गरेको ऋणपत्र निष्काशन गर्न असोज २१ गते बुधबार सेबोनमा निवेदन पेश गरेकोमा बोर्डले फाइनान्सलाई पुस २६ गते, आइतबार ऋणपत्र निष्काशन गर्न अनुमति दिएको थियो ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, मञ्जुश्री फाइनान्स लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS