IME Life New

बीमा समितिको अध्यक्षमा सूर्य प्रसाद सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिको अध्यक्षमा सूर्य प्रसाद सिलवाल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषदको बैंठकले शिलवाललाई अध्यक्षमा नियुक्त गरेको हो।

सिलवाल २०६९ साल साउन २८ गतेदेखि २०६९ माघ १५ गतेसम्म सुचना तथा सञ्चार मन्त्रालयका सचिव भएका थिए। उनले उद्योग सचिवको पनि जिम्मेवारी पाएका थिए।  उनी गृह सचिव पनि भएका थिए।  सिलवालले अर्थमन्त्रालयमा लामो समय काम गरेका थिए।

Esewa
Crest

निवर्तमान अध्यक्ष चिरञ्जीवी चापगाईको कार्यकाल गत पुस २३ गतेदेखि सकिएको थियो। अध्यक्षको दौडमा धेरै जनाको चर्चा भए पनि बजारमा चर्चै नभएका शिलवाललाई अर्थमन्त्री विष्णु पौडेलले नियुक्तीका लागि मन्त्रीपरिषदमा सिफारिस गरेका थिए। उनको कार्यकाल चार वर्षको हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS