IME Life New

नयाँ जीवन बीमा कम्पनीलाई एक्चुरी पाउनै मुस्किल, विदेशी एक्चुरीको प्राथमिकतामा परेनन् नेपाली कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। नयाँ जीवन बीमा कम्पनीहरुले एक्चुरी पाउन नसक्दा समस्यामा देखिन थालेको छ।  नयाँ कम्पनीको एक्चुरी शुल्क कम हुने भएकाले विदेशी एक्चुरीको प्राथमिकतमा नयाँ कम्पनी नपरेका हुन्।  नयाँ जीवन बीमा कम्पनीहरुले एक्चुरीलाई वार्षिक ४/५ लाख रुपैयाँ भुक्तानी गर्दै आएका छन्। जति ठुलो व्यालेन्स सिट हुँदै जान्छ त्यहि अनुसार एक्चुरीको शुल्क धेरै हुन्छ। नयाँ आएका जीवन बीमा कम्पनीहरुको व्यालेन्स सिटको आकार नै सानो हुने भएकाले धेरै शुल्क तिर्न सक्दैनन्। नेपालकै ठुला जीवन बीमा कम्पनीले एक्चुरीका लागि १० लाख रुपैयाँ भन्दा धेरै शुल्क तिर्दै आएका छन्। धेरै शुल्क तिर्ने कम्पनी पनि विदेशी बीमा कम्पनीको प्राथमिकतामा खासै पर्दैन।

नेपालमा एक्चुरी नहुँदा नेपाली बीमा कम्पनीहरु भारतीय एक्चुरीहरु सँग निर्भर छन्। भारतका एक्चुरीले पैसा थोरै पाउने  भन्दै नेपाली कम्पनीहरुलाई प्राथमिकता नदिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधकृत रमेश कुमार भट्टराइले बताए। भारतमै ठुला ठुला कम्पनीको काम गर्न पाउदा पाउदै उनिहरुले नेपालमा साना साना कम्पनीलाई ध्यान नदिएको उनले जानकारी दिए।

Crest

यदि एक्चुरीले मानिहाले पनि प्रतिवेदन तयार पारिदिन महिनौ लगाउने गरेका छन्। थोरै पैसा आउने भएकाले उनिहरुले ढिला रिपोर्ट दिने गरेका हुन्। भर्खरका एक्चुरीले नेपाली बीमा कम्पनीलाई भ्यालु नदिदा एक्चुरी नै पाउन मुस्किल हुने गरेको भट्टराइले बताए।

बीमा समितिले एक्चुरीको उमेर हद तोकिदिदा पुराना एक्चुरीबाट काम गराउन पाएका छैनन्। समितिले ७५ वर्ष भन्दा माथि उमेरका एक्चुरीबाट मूल्याङ्कन गर्न नपाउने व्यवस्था गरेको छ। पुरानो सम्बन्धका आधारमा हुँदै आएको एक्चुरियल मूल्याङकनलाई उमेर हद बाधक बनेको हो।

एउटा एक्चुरीले एउटा बीमा कम्पनीमा मात्रै मूल्याङ्कन गर्न पाउछ। यसले गर्दा विदेशी एक्चुरी नेपालमै आएर काम गर्न सक्दैनन्। पछिल्लो समय नयाँ १० वटा जीवन बीमा कम्पनी थपिदा १० जना एक्चुरीको आवस्यक परेको छ। एक्चुरीकै अभाव भएर काम गर्न नसकिएको सन्दर्भमा यस्तो व्यवस्थालाई पुरनावलोकन गर्नु पर्ने कम्पनीहरुको राय छ।

नयाँ बीमा कम्पनीहरुले पुराना बीमा कम्पनीबाट कर्मचारी तान्न सके पनि एक्चुरी भने तान्न सकेका छैनन्। एउटै एक्चुरीले दुई वटा कम्पनीको मूंल्याङ्कन गर्दा तथ्याङ्कमा म्यानुपुलेट हुने भएकाले एउटै एक्चुरीलाई दुई वटा बीमा कम्पनीको मूल्याङ्कन गर्न दिन नसकिने बीमा समतिका सूचना अधिकारी  निर्मल अधिकारीले जानकारी दिए।

नयाँ कम्पनीहरुले एक्चुरी नै नपाएको गुनासो गरेकाले समितिले आफुले चिनेका एक्चुरीलाई चिनाइदिने काम गरिरहेको उनले बताए। एक्चुरीहरु एकदमै व्यस्थ हुने र अन्य देशका कम्पनीमा कन्सल्टेन्टका रुपमा गैरहने भएकाले यस्तो समस्या देखिएको अधिकारीले बताए।

एक्चुरी गरेका मानिस विश्वमै कम छन्। त्यसैले  यसको माग अत्याधिक छ। भारतमै काम गर्ने एक्चुरी पनि अन्य देशमा गैरहने भएकाले नेपाली बीमा कम्पनीहरुले काम गराउन सकिरहेका छैनन्। एक्चुरीको काम बीमा कम्पनीकै भएकाले यसमा खासै केहि गर्न नसकिने अधिकारी बताउछन्। नेपालमा एक्चुरी पढेका एक जना पनि नेपाली छैनन्। अध्ययन गरेका पनि नेपालमा बस्दैनन्। नेपालमा बस्दा एउटा मात्रै कम्पनीमा काम गर्न पाउने भएकाले उनिहरु विदेशीने गरेका छन्।

कम्पनीहरुको एक्चुरीयल मूल्याङ्कन पुनः परिक्षण तथा चेक जाचका लागि बीमा समितिले आफ्नो एक्चुरीलाई पठाउने गरेको छ। कम्पनीले बल्ल बल्ल तयार पारेको एक्चुरियल मूल्याङ्कनलाई समितिको एक्चुरीबाट मूल्याङ्कन भएर आउन अर्को थप समय लाग्छ। साधारणसभा ढिलाइ हुनुमा यो पनि अर्को कारण हो। अघिल्लो आर्थिक वर्षकै एक्चुरियल मूल्याङ्कन गर्न नसकेका कारण बीमा कम्पनीले साधारणसभा गर्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS