IME Life New

शेयर बजार बुम भएका बेलामा आफ्नो लगानी कसरी सुरक्षित गर्ने?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दोस्रो बजार कहिले र कतिसम्म सुधार हुन्छ कसैलाई थाहा हुँदैन। बजार बुम भएको बेलामा लगानीकर्ताले आफ्नो लगानीलाई कसरी सुरक्षित गर्ने भनेर सोचिरहेका हुन्छन्। बजार विश्लेषकहरुका अनुसार बजार सुधार हुँदा ‘हट स्टक’ले बनाएको उचाइलाई जहिले पनि अध्ययन गर्नु पर्छ। दोस्रो बजारमा सूचिकृत सबै कम्पनीहरुको मूल्य एकै नासले बढ्दैन। कतिपय कम्पनीमा अत्याधिक उछाल आउदा त्यसले सूचकलाई नै बढाइरहेको हुन्छ। पछिल्लो समय दोस्रो बजारमा सबैभन्दा धेरै हिस्सा भएको बाणिज्य बैंकहरुको मूल्यमा खासै सुधार नभइ नेप्से सूचकले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ।

हाल दोस्रो बजारमा ‘हट स्टक’ को रुपमा नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, नेपाल टेलिकम, हिमालयन डिष्ट्रिलरी, नविल बैंक, शिवम सिमेन्ट, प्रभु बैंक, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स कम्पनी लगायतका छन्। पछिल्लो ६ महिनाको अवधिमा यि कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। साथै अत्याधिक सुधार पनि भएको छ। यसका साथै अत्याधिक मूल्य सुधार हुनेमा साल्ट ट्रेडिङ, नागरिक लगानी कोष लगायत छन्। यस्ता हट स्टकको सुधारको अनुमान गर‍ेर बजार कतिसम्म सुधार हुन सक्छ भनेर अनुमान गर्न सकिने विश्लेषकहरु बताउछन्।

Esewa
Crest

बजार बढ्दो क्रममा रहेको भन्दै लगानी मात्रै थप्दै जादा कुनै न कुनै विन्दुसम्म पुगेर तल झर्न थाल्छ। यस्तो समयमा सक्दो चाढो कम घाटा खानका लागि बिक्री गरेर बाहिरिनु बुद्धिमता हुने विश्लेषकहरु बताउछन्। यसलाई प्राविधिकहरुले ‘स्टप लस’ भन्ने गरेका छन्। अझै धेरै घाटा खानु भन्दा थोरै घाटामा बेचेर बाहिरिने र तल्लो विन्दुमा झरेपछि पुनः उठाउनु पर्छ।

लगानीकर्ताले बुझ्नु पर्ने अर्को पक्ष नाफा धेरै खोजेर बस्नु हुँदैन। अझै नाफा हुन्छ भनेर बस्दा बस्दै घट्ने क्रममा सर्किट लाग्न थाल्यो भने अलि अलि भएको नाफा पनि गुम्छ। त्यसैले थोरै वा धेरै नाफा लिन हिच्किचाउनु हुँदैन।

लगानीकर्ताहरुले शेयर बजारमा प्रयोग हुने नयाँ नयाँ प्रविधिहरुको भरपुर प्रयोग गर्न जान्नु पर्छ। प्राविधिक विश्लेषण गर्ने विभिन्न सफ्टवेर चलाउन जान्दा पनि लगानीकर्ताले दोस्रो बजारबाट अल्पकालिन मुनाफा आर्जन गर्न सक्छन्।

आफ्नो पोर्टफेलियो व्यवस्थापन गर्दा दोस्रो बजारमा धेरै कारोबार हुने कम्पनीलाई बढि प्राथमिकता दिनु पर्छ। शेयर विश्लेषकहरुका अनुसार ‘लिक्विड स्टक’ लाई बढि चलाउदा राम्रो हुन्छ ताकी चाहेको वेलामा खरिद बिक्री गर्न सजिलो होस।

दोस्रो बजारमा सबैभन्दा धेरै सूचनाको व्यापार हुन्छ। कम्पनीका आन्तरिक सूचना लिएर बजारमा खेल्ने जमात धेरै हुन्छन्। यसै क्रममा कतिपयले नभएका हल्ला चलाएर कम्पनीको मूल्य बढाइरहेका हुन्छन्। यस्ता कुरामा लगानीकर्ता सबैभन्दा धेरै सतर्क हुनु पर्छ। कुनै कम्पनी र ठुला व्यवसायीको नाम जोडेर बजारमा सबैभन्दा धेरै हल्ला चल्ने गर्छ। बुलिस ट्रेण्डको बजारमा निराधार यति मूल्य  पुग्छ भनेर  हल्ला चल्ने गरेको पाइन्छ।

दोस्रो बजारका लगानीर्ताले बुलिस ट्रेण्डको बजारमा सबैभन्दा धेरै ध्यान दिनु पर्ने अर्को कुरा एकै पटक धेरै कम्पनीको शेयर किन्नु हुँदैन। बजार सुधार भएको दिनमा जस्ता सुकै कम्पनीको पनि मूल्य बढ्ने भएकाले नराम्रा कम्पनीको शेयर पनि महंगोमा किन्नु परिरहेको हुन्छ। यस्तो अवस्थामा थोरै थोरै गरेर दिन दिदै फरक फरक मूल्यमा किन्नु पर्छ। ताकी घट्न थाल्यो भने एकै पटक सबै कम्पनीमा नोक्सानी बेहोर्नु पर्दैन।

बजार बढेको मौकामा कतिपय लगानीकर्ताले धेरै सस्ता कम्पनीहरु छानेर किन्ने गरेका हुन्छन्। यसो गर्नु भन्दा बढि मूल्यका तर चलेका कम्पनीको थोरै थोरै शेयर किन्नु राम्रो हुन्छ। तर यस्तो समयमा आफु सँग भएको शेयर मध्ये कुनै कम्पनीमा अत्याधिक उछाल आयो भने बिक्री गर्नु पर्छ। लगानीकर्ताले धेरै जनाको कुरा सुनेर हरेक दिन योजना परिवर्तन गर्नु भन्दा एउटै योजना बनाएर लगानी गर्दा दिर्घकालिन रुपमा बढि फाइदा लिन सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS