IME Life New

आक्रामक रुपमा कर्जा विस्तार गरेको एनआईसी एशियाको प्रतिशेयर आम्दानी ६ रुपैयाँले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।  कर्जा विस्तारमा आक्रामक एनआईसी एशिया बैंकको मुनाफामा खासै सुधार हुन नसक्दा प्रतिशेयर आम्दानी ६ रुपैयाँले घटेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस शेयर दिएर पुँजी बृद्धि गर्दा प्रतशेयर आम्दानी ३५ रुपैयाँमा खुम्चिएको हो।

बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३८.११ प्रतिशतले कर्जा विस्तार गर्दा पनि खुद व्याज आम्दानी ८.२१ प्रतिशतले मात्रै बढेको छ। बैंकले यसै अवधिमा २ खर्ब ६८ अर्ब रुपैयाँको निक्षेप संकलन गरेर २ अर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। कर्जा खोसा खोसमा अग्रणी एनआईसी एशियाकै कारण नेपाल राष्ट्र बैंकले नीतिगत रुपमै कडाइ गर्नु परेको थियो।

Esewa
Crest

कोभिड १९ का कारण ऋणीहरुले समयमा सावा व्याज भुक्तानी गर्न सकेका छैनन्। राष्ट्र बैंकले कोभिड पिडितको धितो मूल्याङ्कन लिलाम नगर्न निर्देशन दिए पनि एनआईसी एशियाले जवजस्ती लिलामी प्रकृयाँ अगाडी बढाएपछि सयौ ऋणीले राष्ट्र बैंकमा उजुरी दिएका छन्।

बैंकले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा एनआईसी एशियाको मुनाफा २.२० प्रतिशतले बढेको छ। बैंकले ६ महिनाको अवधिमा २ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। जवजस्ती ऋणीको धितोमूल्याङ्कन असुल उपर गरेर खराव कर्जा भने घटाएको छ।

बैंकको ६ महिनाको वित्तीय विवरण 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS