काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा ४ करोड ८२ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर १२ करोड २ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीले खुद ब्याज आम्दानी ३३ प्रतिशत र सञ्चालन नाफा १२६ प्रतिशतका दरले वृद्धि भएकाले नाफामा वृद्धि गर्न सफल भएको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ८७ रुपैयाँ १३, तरलता अनुपात १२ दशमलव ६९ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ७७ रुपैयाँ ७२ रहेको छ ।