IME Life New

यस्तो देखियो नेपाल बंगलादेश बैंकको दोस्रो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पुस मसान्तसम्ममा ९४ करोड १२ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि १३ करोड ३४ लाख ७८ हजार रुपैयाँ अथात १६ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८० करोड ७७ लाख ७८ हजार रुपैयाँ खुद मुनााफा आर्जन गरेको थियो ।बैंकको पुस मसान्तसम्मको वितरणयोग्य मुनाफा ४६ करोड सात लाख ७४ हजार रुपैयाँ रहेको छ । रेगुलेटरी रिजर्भमा १५ करोड ८४ लाख ६५ हजार र डिवेन्चर रिडेम्सन रिजर्भ (ऋणपत्र)मा १२ करोड ५० लाख रुपैयाँ प्रोभिजन गरेको छ ।

Esewa
Crest

दोस्रो त्रैमासको अवधिसम्ममा बैंकले एक अर्ब २४ करोड ६६ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३५ करोड ५२ लाख ४२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले पुस मसान्तसम्ममा दुई अर्ब एक करोड ४५ लाख ३१ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी दुई अर्ब एक करोड ९८ लाख ८८ हजार रहेको थियो ।

बैंकले प्रोभिजनबाट १६ करोड ११ लाख ३६ हजार राइटब्याक गरेको छ । तर, बैंकको नेट प्रोभिजन रकम कति हो भन्ने वित्तीय विवरणमा देखाइएको छैन । गत आर्थिक वर्षको यही अवधिमा बैंकले सम्भावित कर्जा जोखिमको लागि नौ करोड ८० लाख ८६ हजार छुट्ट्याएको थियो ।

पुस मसान्तमा बैंकले ७० अर्ब आठ करोड ९७ लाख ९९ हजार निक्षेप संकलन गरेर ६० अर्ब ९२ करोड ६७ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको अन्तिम असार मसान्तमा बैंकले ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार निक्षेप संकलन गरेर ५९ अर्ब १० करोड ८५ लाख ३४ हजार कर्जा लगानी गरेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS