Connect IPS
IME Life

एनएमबि लघुवित्तको संचालन मुनाफामा आयो सुधार, प्रतिशेयर आम्दानी घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि लघुवित्तले चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासमा १२ करोड १९ लाख ८२ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले ४ करोड ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो ।

लघुवित्तको जगेडा कोषको आकार समीक्षा अवधिमा १७ करोड ५८ लाख ९७ हजारबाट २४ करोड ३२ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।लघुवित्तले समीक्षा अवधिमा खुद व्याज आम्दानी १३ करोड ६७ लाख ६१ हजार रुपैयाँबाट बढाएर २१ करोड १ लाख ५२ हजार पुराएको छ ।

Prabhu
Crest

साढे ६ करोड रुपैयाँ शुल्क तथा कमिशन आर्जन गरेको लघुवित्तको अन्य सञ्चालन आम्दानी भने घटेको छ । कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको लघुवित्तको सम्भावित जोखिम वापतको व्यवस्थामा ४ करोड २५ लाख १९ हजार रुपैयाँ छुट्याएको छ ।

त्यस्तै, कर्मचारी बोनसका लागि १ करोड २२ लाख ३६ हजार रुपैयाँ छुट्याएको लघुवित्तले करका लागि ३ करोड ३० लाख ३६ हजार रुपैयाँ राखेर ७ करोड ७० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले ४ करोड ९० लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ४६.५९ रुपैयाँबाट २८.५६ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १४५.०७ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS