काठमाडौं । एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्स फण्डले पुस मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।दुवै योजनाको नाफा मंसिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको हो । एनआईसी एशिया ग्रोथ फण्डले पुस मसान्तसम्ममा ४० करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ फण्डले मंसिर मसान्तमा ३१ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, एनआइसी एशिया ब्यालेन्स फण्डले मंसिर मसान्तमा २२ करोड ५८ लाख रुपैयाँ नाफा कमाएकोमा पुस मसान्तमा वृद्धि भएर २९करोड १३ लाख रुपैयाँ पुगेको छ । यी दुवै योजनाको नाफासँगै एनएभीमा पनि वृद्धि भएको छ ।
एनआईसी एशिया ब्यालेन्स फण्डको प्रतिइकाई खुद मूल्य (एनएभी) पुस मसान्तसम्ममा १३ रुपैयाँ ८८ पैसा पुगेको हो । यो मूल्य मंसिर मसान्तमा १३ रुपैयाँ ४ पैसा थियो । त्यसैगरी एनआईसी एशिया ग्रोथ फण्डको एनएभी मंसिर मसान्तको तुलनामा पुस मसान्तमा १ रुपैयाँ ११ पैसाले वृद्धि भएको छ ।