IME Life New

इजीलिंकको सेवा अब अष्ट्रेलियाबाट पनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इजीलिंक रेमिट्यान्सले आफ्नो सेवा अष्ट्रेलियाबाट आरम्भ गरेको छ । अष्ट्रेलियाको सिड्नीमा कार्यालय रहेको मनिद्रान्सफर कम्पनी इजीलिंक द्रान्सफर पिटिवाइ एलटिडी संग सम्झौता गरिएको हो । उक्त सम्झौता पत्रमा इजीलिंकअष्ट्रेलियाको तर्फबाट एकराज खनाल र केशब आचार्यसाथै इजीलिंक नेपालको तर्फबाट डिपि अर्याल र दिपेन्द्र खनाल ले संयुक्त रुपमा हस्ताक्षर गरे ।

“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत २३ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि. ले आफ्नो सेवालाइविस्तार गरेको हो।कार्यक्रममा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र कम्पनीका ब्राण्ड एम्बासडर रवि लामिछानेले त्यहाँ रहेका नेपालीहरुलाइ बैधानिक तरिकाले आफुले कमाएको रकम नेपाल पठाउन इजीलिंक रेमिट्यान्सको प्रयोग गर्न आग्रह गर्नु भएको छ ।

Esewa
Crest

अहिले अष्ट्रेलियामा १ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको छ । हुण्डीको कारोवार धेरै हुने देशको रुपमा अष्ट्रेलियालाइ लिइदै आइएको छ ।

इजीलिंक रेमिट्यान्सले जापान, कोरिया, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । अष्ट्रेलियाबाट सेवा आरम्भ गरेपछि अबैधानिक बाटोबाट नेपालमा रकम पठाउने कार्य निरुत्साहित हुने साथै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS